३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
अ+ अ-

काठमाडाैँ । धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ । पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्काे जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ । कमला नदीमाथिको झोलुङ्गे पुलबाट त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको पछिल्ला दिनमा भीड नै लाग्न थालेको छ । पुलबाट वरपरको दृश्य समेट्नेगरी टिकटक बनाउन र फोटो खिच्न तँछाडमछाड गरेको देखिन्छ ।

करिब एक हजार ५४४ मिटर लामो उक्त झोलुङ्गे पुलले धनुषाको जनकनन्दिनी गाउँपालिका–४ कठाल र सिरहाको सिरहा नगरपालिका–१३ मल्हनियालाई जोडेको छ । पुल निर्माणसँगै वर्षौँदेखि डुङ्गा तथा वैकल्पिक जोखिमपूर्ण माध्यम प्रयोग गरेर नदी वारपार गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको धनुषाको जनकनन्दनी गाउँपालिका–३ का सन्दीप साहले बताउनुभयो । सङ्घीय सरकारको रु २८ करोडको लागतमा निर्माण भएकोे थियो । निर्माण सम्पन्न भएर २०८० साल माघबाट पुल सञ्चालनमा आएपछि विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा बजारसम्म पुग्न लाग्ने समय उल्लेख्य रूपमा घटेको छ । अहिले दैनिक ठूलो सङ्ख्यामा नागरिकले त्यस पुलमार्फत सहज रूपमा आवतजावत गरिरहेका छन् ।

पुल निर्माणपछि दुई जिल्लाबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप मजबुत बनाएको जनकनन्दनी गाउँपालिका–३ कै रोशन यादवको विश्वास छ । पुल निर्माणपछि छिमेकी मुलुक भारतको बिहारबाट आउने पर्यटकलाई समेत सहज पहुँच भएको छ । नजिकका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेपछि स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा साना व्यवसायी उत्साहित भएको स्थानीय मोहम्मद इमामुलको भनाइ छ । हुलाकी सडकखण्डअन्तर्गत कमला खोलामा नवनिर्मित पुल भत्किएपछि झोलुङ्गे पुल कमलानदी वारपार गर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । “पहिले नदी तर्न डुङ्गामा निर्भर रहनुपर्ने अवस्था रहेकाले वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको थियो”, इमामुलले भन्नुभयो, “अहिले पुल सञ्चालनमा आएपछि वर्षभरि सुरक्षित र सहज रूपमा यात्रा गर्न सहज भएको छ ।”

स्थानीय किसानले उत्पादन गरेका कृषि उपज, दुग्धजन्य वस्तु तथा अन्य सामग्री बजारसम्म पुर्याउनसमेत सहज भएको छ । यातायात खर्च र समय दुवै घटेकाले कृषक तथा साना उद्यमी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । पुल आसपासका क्षेत्रमा चिया पसल, होटल, किराना, फलफूल तथा अन्य साना व्यवसाय विस्तार हुन थालेका छन् । स्थानीयले पर्यटन र व्यापारसँग सम्बन्धित नयाँ व्यवसाय सञ्चालन गरेकाले रोजगारी सृजना र स्थानीय अर्थतन्त्रसमेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कमला नगरपालिका–६ का मनोज यादव उक्त पुललाई केवल आवतजावतमा मात्र सीमित नगराई दुई जिल्लाको विकास, सामाजिक एकता र आर्थिक समृद्धिको आधारका रूपमा लिइनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार पुलबाट शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ । जनकनन्दी गाउँपालिकाका अध्यक्ष विपिनदेव यादवले उक्त झोलुङ्गे पुलको अधिकतम उपयोग गर्दै आसपासका क्षेत्रमा सडक, बजार, पर्यटकीय पूर्वाधार तथा अन्य सेवा विस्तारका कार्यक्रम अघि बढाइने बताउनुभयो ।