२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण



अ+ अ-

काठमाडाैँ । पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुईदिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ ।

सांस्कृतिक एवं पुरातात्विक सम्पदाको क्षेत्रमा काम गर्ने निकायका लागि आजदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म चल्ने विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिनुभयो । कार्यक्रममा सांस्कृतिक एवं पुरातात्विक सम्पदाका चोरी निकासीका विषयमा केन्द्रित भएर तयार पारिएका छवटा प्रस्तुतिकरण गरिने उहाँले बताउनुभयो ।

समारोह शुभारम्भ गर्नुहुँदै विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले चोरी भएका मूर्तिमध्ये ४०९ वटाको निवेदन प्राप्त भएको जानकारी दिनुभयो । चोरीमध्ये ९६ वटा देशभित्रबाट प्राप्त भएको छ । विदेशबाट २०३ फिर्ता भएका छन् । ९५ वटा मूर्ति विदेशबाट फिर्ताको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

चोरी भएका मूर्ति सम्बन्धित स्थानमै प्रतिस्थापन गर्न विभिन्न खालका चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न कार्यविधि तयार पारिएको विभागले जनाएको छ । कार्यालयले तयार पारेको मस्यौदामाथि बुधबार सरोकार भएका निकायबीच छलफल गरी अन्तिम रूप दिइने महानिर्देशक प्रधानाङ्गले जानकारी दिनुभयो ।