२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी इराकमा पुनः आठ प्रदर्शनकारी मारिए



अ+ अ-

इराक । इराकको राजधानीबाट पूर्वतर्फ रहेको एक जिल्लामा आइतबार प्रदर्शनकारी र सुरक्षाबलबीच भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

शिया मुसलमानहरुको बलियो प्रभाव रहेको सदर शहरको विभिन्न भागमा प्रदर्शनकारीहरूले टायर जलाउनुको साथै अन्य हिंसात्मक कार्यहरु गरेको थिए । सोही अवस्थामा प्रदर्शनकारी र सुरक्षाबललबीच झडप भएको बताइएको छ ।

इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १०० भन्दा बढी भएको छ । इराकी मानव अधिकार आयोगका अनुसार आइतबारसम्ममा चार हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा पाँच दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत १०० भन्दा बढी मारिएका बताउनु भएको छ । उहाँले आन्दोलनमा संलग्न झण्डै चार हजार जना घाइते भएका पनि जानकारी दिनुभयो । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् ।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गर्नुभएको थियो ।




भर्खरै