काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष उहाँले आफ्नो राजीनामा बुझाउनुभएको हो ।
सीईओ चापागाईंले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उहाँको राजीनामा आजै स्वीकृत भएको छ ।











