१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिलन पाण्डे विवेकशील साझाबाट साधारण सदस्य पनि नरहने गरी निष्कासित



अ+ अ-

काठमाडौं । विवेकशील साझाले संयोजक पाण्डेलाई साधारण सदस्य पनि नरहनेगरी निष्कासन गरेको छ । 

अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । 

पाण्डेलाई मंगलबारबाटै लागू हुने गरी निष्कासन गरिएको विवेकशील साझाका अध्यक्ष मिश्रले जनाएका छन्।

“पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।” विवेकशील साझाको निर्णयमा भनिएको छ ।