२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ विधानअनुसार पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित गर्न २८ वटा केन्द्रीय विभाग गठन गरेको छ।

विधानअनुसार ती विभागमध्ये १२ वटा सांगठनिक तथा परिचालनअन्तर्गत तथा १६ वटा सार्वजनिक नीति तथा विषयगतअन्तर्गत राखिएका छन्।

सांगठनिक तथा परिचालनअन्तर्गत नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, र्‍याटलगायतका विभाग समावेश छन्। यस्तै सार्वजनिक नीति तथा विषयगतअन्तर्गत सुशासन तथा राज्य व्यवस्था, अर्थ, पूर्वाधार, जनस्वास्थ्यलगायतका विभाग गठन गरिएको छ।

रास्वपाले विभागहरूको संरचना तय गरे पनि ती विभागमा प्रमुख तथा सदस्यहरूको मनोनयन भने हालसम्म गरेको छैन। पार्टीले आवश्यक प्रक्रिया पूरा गरेर विभागहरूमा मनोनयन गर्ने तयारी गरेको जनाएको छ।