९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री यादव



अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको बताउनुभएको छ।

मन्त्री यादवले राष्ट्रिय सभालाई सम्बोधन गर्दै सरकारले आगामी वि.सं. २०८३ देखि २०९२को दशकलाई “रोजगार प्रवर्द्धन दशक” का रूपमा घोषणा गरिसकेको र सोही अनुसार राष्ट्रिय रोजगार नीति २०८३ को मस्यौदा तयार भइरहेको जानकारी दिनुभयो । उहाँले मुलुकमा पहिलो पटक ‘केयर इकोनोमी’ सम्बन्धी नीति निर्माणको प्रक्रिया समेत सुरु गरिएको बताउनुभयो।

श्रम निरीक्षण र कारबाहीमा तीव्रता श्रम अधिकारलाई कार्यस्थलमै लागू गर्न सरकारले ‘कारबाही र प्रोत्साहन’ को नीति अपनाएको मन्त्री यादवले स्पष्ट पार्नुभयो । पछिल्लो १०० दिनमा मात्रै १ हजार ३ सय २१ प्रतिष्ठानहरूको श्रम निरीक्षण सम्पन्न भएको छ, जुन विगतको ९ महिनाको तुलनामा ५९ प्रतिशतले बढी हो। निरीक्षण र मुद्दा फर्स्यौटका क्रममा श्रमीकको हित विपरित कार्य गर्नेहरूबाट ४ करोड ४० लाख ९६ हजार २ सय ५ रुपैयाँ जरिवाना वा सहमति बापत जम्मा गराइएको छ।

सरकार गठन भएको १०० दिनमै वैदेशिक रोजगारीका १ हजार ४ मुद्दा र उजुरी फर्स्यौट गरी पीडितहरूलाई ३० करोड ७५ लाख रुपैयाँ क्षतिपूर्ति भराइएको छ । यो मासिक औसतका आधारमा अघिल्लो सरकारको तुलनामा ६ सय २८ प्रतिशतको वृद्धि हो।

ठगी नियन्त्रणका लागि एक्सन कमान्ड सेन्टर र अपरेसन इलिगल एजेन्ट अभियान सुरु गरिएको छ। साथै, वि।सं। २०५७ देखिका ११ हजार ५ सय २८ मुद्दाका फाइलहरू डिजिटलाइज गरिएको र उजुरी ट्र्याकिङका लागि वेब पोर्टल सञ्चालनमा ल्याइएको छ।

युवा लक्षित कार्यक्रम र तालिम युवाहरूलाई स्वदेशमै रोजगारीसँग जोड्न मन्त्रालयले “कमाउँदै सिक्दै” अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिससीप कार्यक्रम र करियर उडान जस्ता कार्यक्रम अघि सारेको छ। यसका लागि काठमाडौँ विश्वविद्यालय र भारतीय प्रविधि संस्थान सँगको साझेदारीमा सीप तालिम र बिजनेस इन्क्युबेसन कार्यक्रम थालनी गरिएको छ।

स्वदेशी रोजगार कार्यक्रमलाई अब केवल अल्पकालीन रोजगारीमा सीमित नराखी सीप र उद्यमशीलतासँग जोडिने उहाँको भनाइ छ। विदेशबाट फर्किएका श्रमिकहरूको सीप उपयोग गर्न रिटर्नि म्यानेजमेन्ट इन्फरमेसन सिस्टम परीक्षणका क्रममा रहेको र परियोजनामार्फत हालसम्म १ हजार ६६ जनाले रोजगारी वा स्वरोजगारी प्राप्त गरिसकेका छन्।

मन्त्री यादवले वैदेशिक रोजगारीलाई प्रोत्साहन नगरी यसलाई अधिकतम व्यवस्थित बनाउने र अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।