२२ असार २०८३, सोमबार
,
Latest
ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको प्रक्रियालाई सरकारले हल्का रूपमा लिएको आरोप लगाउँदै संवैधानिक कानूनको पर्याप्त ज्ञान नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाइएको भन्दै आपत्ति जनाउनुभएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले संविधान संशोधनजस्तो संवेदनशील विषयमा संविधान निर्माणमा योगदान दिएका तथा संविधानले चिनेका बहालवाला प्रधानन्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो। अहिले अपनाइएको विधि अपरिपक्व भएको उहाँको टिप्पणी थियो।

आङदेम्बेले लोकतन्त्रको प्रमुख आधार संवाद, सहमति र असहमतिप्रतिको सम्मान भएको उल्लेख गर्दै सरकारले पछिल्ला १०० दिनमा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको आरोप लगाउनुभयो। राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा सरकार एक्लै अघि बढ्न खोजेको उहाँले बताउनुभयो।

प्रधानमन्त्रीलाई लक्षित गर्दै उहाँले लोकतान्त्रिक बाटोबाट सत्तामा पुगे पनि कार्यशैली भने लोकतान्त्रिक मूल्यमान्यताअनुसार नदेखिएको टिप्पणी गर्नुभयो। “खुट्टा सुल्टो भए पनि जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन,” भन्दै उहाँले सही गन्तव्यमा पुग्न सही बाटो रोज्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले संविधान संशोधन प्रक्रिया राजनीतिक सहमति, संवैधानिक मर्यादा र संस्थागत नेतृत्वका आधारमा अघि बढाउन सरकारलाई आग्रह गर्दै हालको कार्यशैलीप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।