२२ असार २०८३, सोमबार
,
Latest
देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र हो ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीमाथि भइरहेको व्यवहारप्रति सरकारको आलोचना गर्दै देश केही सीमित वर्गको मात्रै नभएको टिप्पणी गर्नुभएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै कालो चश्मा, कालो कोट, कालो पाइन्ट लगाएर कालो गाडीमा हुइकिनेहरूको मात्र यो देश नभएको बताउनुभयो।

उहाँले कुनै नागरिकको बसोवास कानुनी वा गैरकानुनी हुन सक्ने भए पनि जन्म भने कहिल्यै गैरकानुनी हुन नसक्ने उल्लेख गर्दै सुकुम्वासीहरूको समस्या मानवीय र व्यवहारमुखी ढंगबाट समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो।

आङदेम्बेले वर्षायामको मुखमा वैकल्पिक व्यवस्था नगरी हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई विस्थापित गर्नु सरकारको मानवीय संवेदनशीलताको अभाव भएको टिप्पणी गर्नुभयो। कुनै परिवारलाई हटाउनु अघि उनीहरू भोलिदेखि कहाँ बस्ने, वृद्धवृद्धा, अशक्त, गर्भवती महिला र बालबालिकाको अवस्था कस्तो हुन्छ भन्ने विषयमा राज्यले सोच्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले व्यवस्थापनका नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाएर अस्थायी आश्रयस्थलमा राख्ने र त्यसपछि फेरि त्यहाँबाट रातारात हटाउने कार्य स्वीकार्य हुन नसक्ने बताउनुभयो।

“के यो देश ठूला–बडाको मात्रै हो? कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालो गाडीमा हुइकिनेहरूको मात्रै हो? सुकुम्वासी, अव्यवस्थित बसोवासी, गरिब किसान र मजदुरहरूको पनि यो देश हो कि होइन?” भन्दै उहाँले सरकारसँग प्रश्न गर्नुभयो।

उहाँले सुकुम्वासी समस्या समाधान गर्नुपर्नेमा आफू पनि सहमत रहेको उल्लेख गर्दै त्यसका लागि मानवीय मर्यादा र नागरिकको आधारभूत अधिकारको सम्मान हुने गरी अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो।