२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत



अ+ अ-

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। नेपालको विकास प्राथमिकता र आर्थिक रूपान्तरणका प्रयासमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

आइतबार राति उच्चस्तरीय प्रतिनिधिमण्डलसहित काठमाडौं आएका कान्दासँग एडीबीको दक्षिण एशिया विभागकी महानिर्देशक सोना श्रेष्ठ पनि सहभागी छिन्। नेपाल सरकारसँगको विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषय भ्रमणको मुख्य एजेन्डामा रहेको जनाइएको छ।

भ्रमणका क्रममा कान्दाले सोमबार त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयको अवलोकन गरेका छन्। एडीबीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेका अन्य विकास आयोजनाको समेत उनले निरीक्षण गर्ने कार्यक्रम छ।

यसैबीच, नेपाल सरकार र एडीबीबीच ५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ। उक्त रकम भन्सार प्रशासनलाई आधुनिक बनाउने, व्यापार प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउने तथा सीमा व्यवस्थापनको क्षमता अभिवृद्धिमा खर्च गरिनेछ।

भ्रमणका क्रममा कान्दाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने कार्यतालिका तय भएको छ। भेटमा नेपालका विकास प्राथमिकता, आर्थिक सुधार, पूर्वाधार विकास र एडीबीको भावी सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपालको विकास सम्भावना र चुनौती दुवैलाई नजिकबाट बुझ्न चाहेको सन्देश दिँदै अध्यक्ष कान्दाले नेपालको विपद् सामना गर्ने क्षमता (रिजिलियन्स) तथा विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्। एडीबीले आगामी दिनमा पनि नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै समावेशी र दिगो विकासमा सहयोग जारी राख्ने संकेत दिएको छ।