४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव

आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव
अ+ अ-

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नेपालमै मर्यादित रोजगारीका अवसर विस्तार गर्न श्रम क्षेत्रको नियमन र रोजगार प्रवर्द्धनका कार्यक्रमलाई तीव्र बनाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार श्रम अधिकार, मर्यादित काम र श्रमिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न श्रम निरीक्षणलाई रणनीतिक प्राथमिकतामा राखिएको छ। पछिल्लो १०० दिनमा देशभर १ हजार ३ सय २१ प्रतिष्ठानमा श्रम निरीक्षण सम्पन्न गरिएको उहाँले बताउनुभयो।

श्रमिकका उजुरी, निवेदन तथा निरीक्षणका क्रममा भेटिएका श्रम शोषणसम्बन्धी विषयमा गरिएको कारबाहीबाट जरिवाना र सहमतिबापत ४ करोड ४० लाख ९६ हजार २०५ रुपैयाँ असुल गरिएको मन्त्री यादवले जानकारी दिनुभयो। यस अवधिमा श्रम निरीक्षणको दर विगत तीन वर्ष नौ महिनाको तुलनामा ६० प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ।

उहाँले श्रम क्षेत्रको नियमनमा कारबाहीसँगै प्रोत्साहनको नीति पनि अवलम्बन गरिएको बताउँदै राष्ट्रिय रोजगार नीति–२०७१ लाई समयानुकूल बनाउन राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। साथै, नेपालमै पहिलो पटक ‘केयर इकोनोमी’ सम्बन्धी नीति निर्माण प्रक्रिया सुरु गरिएको पनि उहाँले उल्लेख गर्नुभयो।

मन्त्री यादवले सरकारले २०८३ सालदेखि सुरु हुने दशकलाई ‘रोजगार प्रवर्द्धन दशक’का रूपमा घोषणा गरिसकेको स्मरण गराउँदै आन्तरिक रोजगारी विस्तारका लागि नीतिगत तथा संस्थागत सुधारलाई तीव्रता दिइएको बताउनुभयो।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने दिशामा पनि सरकारले प्रभावकारी काम गरिरहेको उहाँको भनाइ छ। उहाँका अनुसार वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको फर्स्योटलाई तीव्र बनाएको छ।

पछिल्लो तीन महिनामा संस्थागत तथा व्यक्तिगत गरी १ हजार ४ वटा उजुरीमाथि कारबाही गरी पीडितलाई ३० करोड ७ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइएको मन्त्री यादवले जानकारी दिनुभयो। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ८ सय ८२ वटा मुद्दा फर्स्योट हुँदा १२ करोड ६७ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइएको थियो।

उहाँका अनुसार पछिल्लो तीन महिनामा मुद्दा अनुसन्धान तथा फर्स्योट दर २ सय ४१ प्रतिशतले बढेको छ भने पीडितले क्षतिपूर्ति प्राप्त गर्ने दर ६ सय ७२ प्रतिशतले वृद्धि भएको छ।

नेपालमै युवाका लागि मर्यादित रोजगारीका अवसर सिर्जना गर्नु र वैदेशिक रोजगारीलाई सुरक्षित तथा सम्मानजनक बनाउनु सरकारको साझा प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री यादवले त्यसका लागि मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताउनुभयो।