२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै व्यक्तिद्धारा ९० जना भन्दा बढी महिलाको हत्या



अ+ अ-

वासिङटन । एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका सामुएल लिटल नामका व्यक्ति अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक सिरियल किलरु रहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईले जनाएको छ।

एफबीआईका अनुसार एक सिरियल किलरले ९० जनाभन्दा बढी महिलाको हत्या गरेका छन्। सामुएल लिटल नाम गरेका ती सिरियल किलरले सन् १९७० देखि २००५ भित्र महिलाको हत्या गरेको बताइएको छ।

आइतबार विज्ञप्ति प्रकाशित गर्दै एफबीआईले सामुएलले गरेको हत्या कबुल विश्वसनीय रहेको बताएको छ। यसबीच ५० जनाको हत्या उनैले गरेको पुष्टि भइसकेको पनि विज्ञप्तिमा उल्लेख भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

७९ वर्षीय सामुएलले भने आफूले ९३ जना महिलाको हत्या गरेको बताएका छन्। उनी सन् २०१२ देखि जेलमा रहेका छन्।मारिएकामध्ये केही महिलाहरू सीमान्तकृत समुदायका रहेका छन्। मारिनुका धेरैजसो अप्रत्यासित कारणहरू रहेका थिए। मारिएका कतिपय महिलाको अहिलेसम्म शव पत्ता लागेका छैनन्।

एफबीआईले उपलब्ध गराएका ३० स्केच सामुएल आफैँले कोरेका हुन्। ती स्केचमा अधिकांश काला जातिका महिलाहरू रहेका छन्।




भर्खरै