२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी



अ+ अ-

काठमाडौं। ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीमाथि सार्वजनिक सडकमा अश्लील व्यवहार गरेको आरोप लागेका एक पुरुषको खोजी प्रहरीले थालेको छ। घटनापछि पीडित युवतीले आफैंले खिचेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो विषय व्यापक रूपमा चर्चामा आएको हो।

आइतबार साँझ करिब साढे ६ बजे टिकटकमार्फत सार्वजनिक गरिएको उक्त भिडिओ केही घण्टामै तीव्र रूपमा फैलिएको छ।

सामाजिक सञ्जालमा पीडित युवतीले साझा गरेको विवरणअनुसार उनी इमाडोलको एक गल्ली हुँदै एक्लै हिँडिरहेकी थिइन्। त्यसक्रममा करिब ४० वर्षजति उमेर देखिने एक अपरिचित पुरुषले उनीतर्फ लक्षित गर्दै आफ्नो गोप्य अङ्ग प्रदर्शन गरी अश्लील हर्कत गरेका थिए।

अचानक यस्तो अवस्था सिर्जना भएपछि धेरैजसो मानिस डराएर त्यहाँबाट टाढिने अवस्था हुने भए पनि ती युवतीले भने संयमता अपनाउँदै आफ्नो मोबाइल फोनबाट घटनाको भिडिओ रेकर्ड गर्न सुरु गरिन्। उनले आरोपीको पछि लाग्दै उसको अनुहार स्पष्ट देखिने गरी दृश्य कैद गरेकी थिइन्।

भिडिओमा युवती भावुक अवस्थामा सहयोगका लागि वरपर रहेका मानिसलाई गुहार मागिरहेको सुनिन्छ। आफ्नो सुरक्षाका लागि उनले आरोपीलाई रोक्ने प्रयास गर्नुका साथै एक थप्पड समेत हानेकी देखिन्छिन्।

पीडितले घटनाको भिडिओ सार्वजनिक गरेपछि प्रहरीसम्म सूचना पुगेको र भिडिओमा देखिएका व्यक्तिको पहिचान गरी पक्राउ गर्न खोजी कार्य तीव्र बनाइएको जनाइएको छ।

घटनाले सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुर्व्यवहारका घटनाप्रति पुनः गम्भीर ध्यानाकर्षण गराएको छ। साथै, यस्ता घटनामा पीडितले सुरक्षित रूपमा प्रमाण संकलन गरेर कानुनी प्रक्रियामा सहयोग पुर्‍याउन सक्ने सम्भावनालाई पनि यस घटनाले उजागर गरेको छ।




भर्खरै