९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न



अ+ अ-

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का सहभागी कम्पनीहरूको स्टल बाँडफाँट गोला प्रथामार्फत सम्पन्न गरेको छ।

आगामी २०८३ भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने अटो शोको स्टल व्यवस्थापनका लागि आइतबार (असार २१) नाडा सचिवालयमा गोला प्रथा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नाडाका अनुसार प्रदर्शनीमा सहभागी हुने कम्पनीहरूका लागि गोला प्रथामार्फत १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपांग्रे सवारी, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टल अन्तर्गत ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीलाई स्टल आवंटन गरिएको छ।

नाडाले यसअघि अटो शोमा सहभागी हुन इच्छुक कम्पनीहरूका लागि स्टल दर्ता खुला गरेको थियो। दर्ता प्रक्रियापछि गोला प्रथामार्फत निष्पक्ष रूपमा स्टल बाँडफाँट गरिएको जनाएको छ।

नाडाका महासचिव मिलनबाबु मल्लले अटो शोमा सहभागिता जनाउने सबै कम्पनीप्रति आभार व्यक्त गर्दै सफल प्रदर्शनीका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीका रूपमा परिचित ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ मा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहभागिता रहनेछ।