२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत



अ+ अ-

काठमाडौं । विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा समाप्त भएको सङ्केत गर्नुभएको छ ।

खेलपछि भावुक देखिनुभएका उहाँले अब ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको सङ्केत दिनुभएको हो ।

मेटलाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका ३४ वर्षीय नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काउनुभएको थियो । तर नर्वेका अर्लिङ हालान्डको दुई गोलले ब्राजिलको पुनरागमन सम्भव हुन सकेन ।

खेलपछि ब्राजिलको ग्लोबो एस्पोर्टेसँग कुरा गर्दै नेयमारले भन्नुभयो, “मैले धेरै प्रयास गरेँ । अब यो समाप्त भयो । मेरो यात्रा यहीँबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो ।”

अन्तिम सिटी बज्नासाथ उहाँ भावुक हुँदै आँसुमा डुब्नुभएको थियो भने टोलीका खेलाडीहरूले उहाँलाई सान्त्वना दिएका थिए । ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले सन् २०१० मा यही मेटलाइफ स्टेडियममा अमेरिकाविरुद्ध २–० को जितमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गर्नुभएको थियो ।

त्यसै मैदानमा सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नु उहाँका लागि विशेष संयोग बनेको छ । पछिल्ला केही वर्ष चोटपटकका कारण लगातार समस्यामा पर्नुभएका पूर्व बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका खेलाडी हाल आफ्नो पुरानो क्लब सान्तोसबाट खेलिरहनुभएको छ ।

चोटकै कारण उहाँले विश्वकपका सुरुआती दुई समूह खेल गुमाउनुभएको थियो । त्यसपछि स्कटल्यान्डविरुद्धको खेलमा मैदान फर्कनुभएका उहाँको प्रतियोगितामा दोस्रो तथा सम्भावित अन्तिम उपस्थिति नर्वेविरुद्ध रह्यो । अक्टोबर २०२३ यता यो उहाँको पहिलो अन्तर्राष्ट्रिय पुनरागमन पनि थियो ।