२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनी र अर्जेन्टिना बराबरीमा रोकिए



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जर्मनी र अर्जेन्टिना बराबरीमा रोकिएका छन् । बुधबार राति जर्मनीको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले २-० गोल अन्तरको अवस्था उल्ट्याउँदा बराबरीमा रोकिएको हो ।

जर्मनीको पहिलो हाफको २-० को अग्रतालाई अर्जेन्टिनाले दोस्रो हाफमा उल्टाएर २-२ को बराबरीमा रोक्न सफल भयो । खेल सुरु भएको १५ औँ मिनेटमै जर्मनीले अग्रता लिएको थियो । सेर्गे ज्नाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि नै जर्मनीले अग्रता दोब्बर बनायो । उक्त गोल काई हार्भट्जले गरेका थिए ।

पहिलो हाफको २ गोल गरेको जर्मनीले दोस्रो हाफमा कुनै गोल गर्न सकेन । यता अर्जेन्टिनाले दोस्रो हाफमा अर्जेन्टिनाले घरेलु टोलीविरुद्ध शानदार कमब्याक समेत गर्न सफल भयो ।

खेलको ६६औं मिनेटमा लुका अलारियोले शानदार हेडिङ गोल गरेर गोलअन्तर २-१ मा झारे । त्यसपछि ८५औं मिनेटसमा लुका ओकाम्पोसले गोल गरेपछि अर्जेन्टिनाको कमब्याक सफल भयो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल २-२ मा टुंगियो ।




भर्खरै