• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही



तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ ।

गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरी रु चार लाख ९२ हजार ४१२ राजस्व संकलन गरेको केन्द्रका प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो ।

विद्युत् चुहावट नियन्त्रणलाई कडाइ गर्न प्राधिकरणले दैनिक विशेष र छडके अनुगमन टोली खटाउँदै आएको छ । “चुहावट बढी भएको क्षेत्र हेरी दैनिक दुई टोली अनुगमनका लागि पठाएका छौं”, उहाँले भन्नुभयो, “विद्युत् चोरी गर्न प्रयोग गरेको सामग्रीसहित नियन्त्रणमा लिई कारबाही गर्ने गरेका छौं ।” चोरीमा संलग्न आफैं आएर आवश्यक जरिवाना तिर्ने गरेको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ३० दशमलव ८६ प्रतिशत विद्युत् चुहावट रहेको थियो भने गत आर्थिक वर्षमा २१ दशमलव ६८ प्रतिशतमा चुहावट नियन्त्रण गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १९ दशमलव ३० प्रतिशत प्रगति गर्न सफल भएको केन्द्रका प्रमुख प्रमुख चौधरीले बताउनुभयो ।

उहाँका अनुसार, बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गत वर्ष गोलटाकुरी, फूलबारी र कचिलामा सबैभन्दा बढी विद्युत् चुहावट भएको थियो । स्थानीयवासीले विद्युत् पोलबाटै हुकिङ गरी लैजाने गरेको प्रमुख चौधरीले बताउनुभयो । घरमा मिटर नै जडान नगर्ने तर विद्युत् चोरी गरी चलाउने गरेको भन्दै त्यस्ता उपभोक्तालाई कारवाही गर्न थालिएको उहाँको भनाइ छ ।

ग्राहकको सङ्ख्यामा वृद्धि
विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि जिल्लामा विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्यामा समेत वृद्धि भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष तीन हजार २३५ ग्राहकको सङ्ख्यामा वृद्धि भएको छ । आव २०७४÷७५ मा ३५ हजार ७५६ ग्राहक सङ्ख्या रहेकामा गत आवमा यो सङ्ख्या ३८ हजार ९९१ पुगेको छ । अघिल्लो आवमा ग्राहस्थ्यतर्फ कूल ३४ हजार ९१४ ग्राहक सङ्ख्या रहेकामा गत वर्ष यसमा वृद्धि भई ३८ हजार ९४ पुगेको केन्द्रले जनाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा व्यापारिकतर्फ १५५ ग्राहक रहेकामा गत आर्थिक वर्ष त्यसमा वृद्धि भई १६८ पुगेको छ भने गैह्रव्यापारिकतर्फ १६४ बाट बढेर १७०, औद्योगिकतर्फ ३४७ बाट बढेर ३७१, सिँचाइतर्फ ८० बाट बढेर ८६, खानेपानीतर्फ २८ बाट बढेर २९, मन्दिरतर्फ ३३ बाट बढेर ३४ रसामुदायिकतर्फ २९ बाट बढेर ३४ पुगेको केन्द्रले जनाएको छ ।