१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तोकिएकै समयभित्र स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री ढंगले सम्पन्न गर्ने तयारी अघि बढाएको छ।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार बीपी स्मृति भवन, ललितपुरमा बसेको निर्वाचन समितिको बैठकले महाधिवेशनमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो। समितिले निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउने तथा आवश्यकताअनुसार ईभीएम (इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको जनाएको छ।

बैठकले निर्वाचन प्रक्रिया सुरु भएपछि निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रूपमा लागू हुने भएकाले विधानमा अन्यथा व्यवस्था भएको बाहेक सबै तह र निकायलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गतका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकताका साथ खटाइने निर्णय गरिएको छ।

निर्वाचन कार्यमा स्वयंसेवक परिचालनका लागि कानुन व्यवसायी तथा अन्य पेशागत समूहबाट रोस्टर तयार गरी उनीहरूलाई अभिमुखीकरणपछि निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन समितिले यी निर्णयहरू जानकारीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसमक्ष पेश गर्ने जनाएको छ।