१३ असार २०८३, शनिबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनस्तरका खाद्य सामग्री बिक्री गरेकामा मुद्दा



अ+ अ-

काठमाडौँ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आवको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादनका साथै बिक्रीवितरण गरेको कसूरमा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ ।

विभागले नियमानुसार दायर गरेका मुद्दामध्ये दूध तथा दुग्ध पदार्थका नौ वटा, मसला पदार्थका पाँच, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ पाँच, प्रशोधित पिउने पानीका तीन, चियाका दुई, सोयाससको एक, तेलको एक र दानाको एक छन् । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार मुद्दामध्ये दूषितसम्बन्धी ११, न्यून गुणस्तरका नौ, खाद्य ऐन नियम निर्देशिका उलङ्घनसम्बन्धी एक, लेवल लगायतका विवरण नमिलेका छवटा मुद्दा दर्ता भएका छन् । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था छ ।

यस प्रथम त्रैमासिक अवधिमा विभागले उत्पादन दर्ता १९ र नवीकरण ६७ वटा आहारपूरक खाद्यपदार्थ नियमन गरेको जनाएको छ । त्यसैगरी १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३१० नमूना सङ्कलन गरी जाँच विश्लेषणका साथै नियमन गरेको जनाइएको छ । रासस