१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९  सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

रातिको समयमा ट्र्याक्टर चलाउदा सडकबाट  करिब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । मृतकको शवपरीक्षणको लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा राखिएको छ । रासस