२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

गोली हानेर लागुऔषध कारोबारी पक्राउ
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ ।

भारतमा बसी नेपालमा लागुऔषध हेरोइन ओसारपसार गर्ने गिरोहको खोजलताल गर्ने क्रममा प्रहरीले भारतको मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई गोली हानेर पक्राउ गरेको हो ।

निजलाई आज सिरहाको लागुऔषध नियन्त्रण ब्यूरो शाखा र स्थानीय प्रहरी टोलीको सहयोगमा सिरहाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । कमालले प्रहरीमाथि पेस्तोल तेर्साएपछि निजलाई नियन्त्रणमा लिन गोली हान्नु परेको उहाँले बताउनुभयो ।

कमालले भारतको लालबनियाँ नाकाबाट नेपालको सिराहा, महोत्तरी हुँदै काठमाडौँ उपत्यकासम्म लागुऔषध हेरोइन ओसारपसार गर्ने गरेको अनुसन्धानका क्रममा खुल्न आएको उहाँले बताउनुभयो । उहाँका अनुसार लागुऔषध ओसारपसार गर्ने गिरोहमा सहभागी अन्य तीन जना भने फरार भएका छन् ।

पक्राउ पर्न लागेको थाहा पाएपछि सुरुमा गिरोहले कटुवा पेस्तोलबाट प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेका थिए । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गरी आत्मसमर्पण गर्न चेतवानी दिँदा अटेर गरी कटुवा पेस्तोल ताकिरहेकाले बायाँ खुट्टाको घुँडामुनी एक राउण्ड फायर गरी पक्राउ गरिएको ब्यूरोले सार्वजनिक गरेको घटना विवरणमा उल्लेख छ ।

निजको साथबाट लागुऔषध खैरो हेरोइन ११५ ग्राम २० मिलिग्राम तथा कटु्वापेस्तोल पनि बरामद भएको छ । साथै घाइतेको प्रदेशिक अस्पताल सिराहामा उपचार भइरहेको जनाउँदै प्रहरी उपरीक्षक रेग्मीले फरार रहेका तीन जनाको खोजतलास जारी रहेको बताउनुभयो । रासस