६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : बस दुर्घटना १४ जनाको मृत्यु (तस्विर)



अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजीक खोँचमा एक सवारी साधन दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको वा २ ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा पचास जनाभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताउनुभयोे ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्र्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुन सक्ने देखिन्छ । दुर्घटनामा परेका प्रायः सबै घाइते भएको हुन सक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ थियो ।

छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

पाँचकोे सनाखत
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल बस दुर्घटनास्थलमा पुग्नुभएको छ । हेलिकप्टर लिएर घटनास्थल आइपुग्नुभएका उहाँले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभयो ।

दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेमा काभ्रेपलाञ्चोक घर भएका केदारनाथ महाजु, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाकी सङ्गीता पुर्कोटी, इन्द्रावती–९ का हीरा श्रेष्ठ र विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।