१९ असार २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित बैतडीमा बस दुर्घटना, १७ जना घाइते राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त माग गर्नुभएको हो । सांसद अर्यालले सरकारले उक्त बजार स्थापना नगरेको कारण नै नेपालको चियाको प्रवद्र्धन अन्तराष्ट्रिय बजार हुन नसकेको तथ्य पनि औँल्याउनु भयो । उहाँले चियाँ निर्यात सम्बन्धि उचित कानूनको तर्जुमा गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद अर्यालले भन्नुभयो,‘नेपालको चिया उद्योगको उचित सञ्चालनका लागि चिया लिलाम बजार स्थापना गर्ने कार्य हालसम्म बाँकि नै छ । यसको विकल्पमा नेपाल चियाले भारतको सिलिगुढी र कलकत्ताका लिलाम बजारमा निर्भर हुनु परेको छ । यसको आफनै लिलाम बजार छैन । प्रष्ट छ कि राष्ट्रिय चिया लिलाम बजारविना नेपालको चिया प्रवद्र्धन हुन सक्दैन । त्यसै कारणले हालसम्म विश्व चिया बजार नक्शामा नेपाल उल्लेख भएको छैन । यसप्रकार नेपालले चिया लिलाम बजारमा आफनो उत्पादनलाई ब्राण्डसहित राख्नुपर्ने हुन्छ । जुन कार्य गर्न अझै बाँकि छ ।’

सांसद अर्यालले विश्व चिया बजारमा नेपालको उपस्थिति गराउन पनि सरकारले यस सम्बन्धि उचित नीतिहरु निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।