१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त सुझाव दिनुभएको हो ।

सरकारले तालिम र गोष्ठीको नाममा विनियोजन गरेको बजेट किसानहरुको राहत दिने लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सांसद रखालको भनाई थियो । उहाँले साधारण खर्च कटौति गर्न र किसानहरुको हित प्रवद्र्धन हुने क्षेत्रमा  बजेट केन्द्रित गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद रखालले भन्नुभयो,‘किसान असुरक्षित छन् । यस्तो अवस्थामा तालिक र गोष्ठीमा बजेट खर्च गर्नु भन्दा पीडितलाई राहत, क्षतिपूर्ति, रोकथाम, संरक्षण र किसानहरुको उचित व्यवस्थापनमा बजेट केन्द्रित गर्नु आवश्यक छ । त्यसैले अनुत्पादक प्रशासनिक खर्च घटाई जनतामुखि बजेट विनियोजन गरियोस् । सरकारले साधारण खर्च कटौति गर्ने दाबी गरेको छ । तर यर्थाथमा चालु खर्च अझै उच्च छ । किसानको उत्थानका कार्यक्रमहरु विगतको भन्दा पनि कम प्राथमिकतामा परेका छन । सरकारले रोजगारीको अवसर सृजना हुने गरी कुनैपनि कार्यक्रम ल्याएको छैन ।’

सांसद रखालले सरकारले  रोजगारीको अवसर सृजना हुने क्षेत्रमा कुनैपनि खालको कार्यक्रम ल्याउन नसकेको जिकिर पनि गर्नुभयो ।