४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन

कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन
अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ। मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको उच्चस्तरीय टोलीसँगै कार्यालय पुग्नुभएकी मन्त्री यादवले सेवाप्रवाह, डिजिटल प्रणाली र कार्यालयको कार्यसम्पादनबारे जानकारी लिनुभएको हो।

कार्यालयकी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले मन्त्री यादवलाई स्वागत गर्दै पछिल्लो एक महिनामा कार्यालयमा गरिएको सुधार तथा सेवा प्रवाहमा भएका परिवर्तनबारे जानकारी गराउनुभयो।

उहाँका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ कार्यान्वयन गर्दै कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइएको छ। यससँगै सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। अब घरबाटै अनलाइनमार्फत आवश्यक कागजात पेश गरी सम्पूर्ण दर्ता प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै, कम्पनी दर्तापछि स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न छुट्टै आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने झन्झट पनि हटाइएको कार्यालयले जनाएको छ। कम्पनी दर्ता प्रणालीलाई आन्तरिक राजस्व विभागसँग एकीकृत गरिएकाले कम्पनी दर्तासँगै प्यान नम्बर प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको र यसबाट सेवाग्राहीको समय तथा लागत दुवै बचत हुने विश्वास गरिएको छ।

सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन कार्यालयले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित कल सेन्टर पनि सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमार्फत कम्पनी दर्तासम्बन्धी जानकारी तथा सेवाका लागि सेवाग्राहीले २४सै घण्टा सहजीकरण पाउने कार्यालयको दाबी छ।

अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै सेवाग्राहीलाई कुनै पनि प्रकारको झन्झट वा सास्ती नहुने गरी सेवा प्रवाहलाई थप सहज बनाउन निर्देशन दिनुभयो। साथै, आगामी दिनमा सूचना प्रविधि र नवीनतम प्रणालीको अधिकतम उपयोग गरी सार्वजनिक सेवा थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

यसैबीच, डिजिटल प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै जनशक्ति व्यवस्थापनमा पनि सुधारको प्रस्ताव अघि सारिएको छ। रजिष्ट्रार श्रेष्ठले प्रविधिको प्रभावकारी प्रयोगबाट कम जनशक्तिबाट पनि छिटो र गुणस्तरीय सेवा दिन सकिने भएकाले २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पेश गरिएको जानकारी दिनुभयो। उक्त प्रस्ताव कार्यान्वयन भएमा राज्यको प्रशासनिक खर्चमा उल्लेखनीय बचत हुने अपेक्षा गरिएको छ।