१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

रातारात सजाइयोे राजधानी : लाज छोप्न करोडौं खर्च

रातारात सजाइयोे राजधानी : लाज छोप्न करोडौं खर्च
अ अ+ अ-

काठमाडौँ । छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ। राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ।

भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगीन ब्यानरले छोपिएको छ। अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ। विमानस्थल–तीनकुने– बानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ। सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ।

सडककिनारका बिजुलीका खम्बामा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीका तस्बिर राखिएका छन्। सडकमा चम्किला र कृत्रिम गेट बनाइएका छन्। पाहुना आउँदा भित्री कुरूपता छोप्न सडक र छेउछाउका संरचना सजाइएको हो। ‘रातारात करोडौं रुपैयाँ खर्च गरेर सडकमा ब्यानर राखिएको छ,’ शुक्रबार तीनकुनेमा हिँड्दै गरेका अजय घिमिरेले भने, ‘दुई दिनलाई देखाउन मोटो रकम खर्च गर्नु राम्रो होइन, विकास निर्माण दिगो हुनुपर्छ।’

बानेश्वरदेखि माइतीघरसम्म रोपिएका फूल र बिरुवामा नयाँ माटो राख्ने, आइल्यान्ड रंगाउने, झन्डा राख्ने, बिजुली र सोलार बत्तीका पोल पुछ्ने, सडक सफा गर्नेलगायत कामको चटारोमा सरकारी निकाय छन्। काठमाडौं महानगरपालिकाले चिनियाँ राष्ट्रपति सवार हुने सडक सफाइ र सजावट गर्ने जिम्मा पाएको छ। भौतिक पूर्वाधार मन्त्रालय र पर्यटन बोर्डले राष्ट्रपति भण्डारी र उनका चिनियाँ समकक्षी सीको फोटो छाप्ने, सडक किनारका पोल र सरकारी कार्यालाय परिसरमा टाँग्ने जिम्मेवारी पाएका छन्।

काठमाडौं महानपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सफाइ र सजावट खर्चको तथ्यांक एकीकृत भइनसकेको बताए। उनले सजावटमा मात्रै मोटामोटी पाँच करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए। उनका अनुसार हतारहतार काम गर्नुपर्ने भएकाले खर्च कति लाग्यो भनेर जोड्न बाँकी छ। ‘हामीलाई अहिले काम सक्नुपर्ने बाध्यता छ, कहाँ कति खर्च भयो भनेर हिसाबकिताब अझै निकालेका छैनौं,’ उनले भने, ‘केही ठाउँमा महानगरले आफूसँग भएका कर्मचारी प्रयोग गरेको छ भने केही काम ठेकेदार कम्पनीलाई जिम्मा दिएको छ।’

उनका अनुसार महानगरपालिकाले सजावटको काम गरेको छ। तीनकुने पार्कको छेउछाउ माटो भरेर फूल र बिरुवा रोप्ने, फोहर उठाउने, धुलो बढार्ने, बानेश्वरदेखि माइतीघरसम्म रोपिएका फूल र बिरुवामा नयाँ माटो राख्ने, रङ लगाउने, झन्डा राख्ने, बिजुली र सोलार बत्तीका पोल पुछ्नेलगायत काम महानगरपालिकाले गरेको छ।

प्रवक्ता डंगोलका अनुसार उपत्यकाका विभिन्न ठाउँमा फहराउन नेपाल र चीनका एक हजार प्रति झन्डा तयार पारिएको छ। महानगरपालिकाले राष्ट्रपति सी पुग्ने ठाउँमा महानगरका वडाध्यक्षले स्वागत गर्ने कार्यक्रम राखेको छ। ‘महानगरले सीलाई नागरिक अभिनन्दन गर्न पाउनुपर्ने माग राखेको छ तर यसबारे परराष्ट्र मन्त्रालयले चासो दिएको छैन,’ डंगोलले भने।

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले महानगरसँग भएको जनशक्ति प्रयोग गरी त्रिभुवन विमानस्थलदेखि सुन्धारा, लाजिम्पाटसम्मको सडक चिटिक्क पार्ने काम भइरहेको बताए। उनले भने, ‘यो क्रम शनिबार बिहानसम्म जारी रहन्छ।’

यस्तो छ सीको सवारी रुट
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण अवधिमा आवतजावतमा सर्वसाधारणलाई समस्या हुने देखिएको छ। राष्ट्रपति सीसहितको टोली शनिबार विमानस्थलमा अवतरण गरेपछि तीनकुने, बानेश्वर, त्रिपुरेश्वर हुँदै सोल्टी होटल प्रस्थान गर्नेछ। त्यहाँ केहीबेर आराम गरेपछि सी सोल्टीमोड, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै शीतलनिवास पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस अवधिमा सर्वसाधारणलाई आवतजावत गर्न समस्या हुनेछ। चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शनिबारै शीतलनिवासमा भेटवार्ता हुनेछ। तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ।

सवारी आवागमनलाई लक्षित गर्दै सरकारले आइतबार भने सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सीको स्वागत र कार्यक्रमका लागि सबैखाले तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि ऐन, २०७० अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ। चिनियाँ राष्ट्रपति सी र अन्य भिआइपी सवारी हुने क्षेत्रमा शुक्रबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘छिमेकी देशबाट अतिविशिष्ट पाहुना आउँदा विगतमा जुन किसिमको तयारी हुन्थ्यो, अहिले पनि त्यही भएको छ,’ प्रवक्ता सुवेदीले भने, ‘सर्वसाधारण मर्कामा नपर्ने गरी हामीले तयारी गरेका छौं।’

सडकभरि दुर्लभ तस्बिर
राष्ट्रपति सीको सवारी हुने सडकका किनारमा एकातिर हिमाल र पडाडी भू–भाग चिनाउने तथा उपत्यकाका सम्पदा झल्काउने चित्र र पोस्टर राखिएका छन्। लालिगुराँस, गौतम बुद्ध, दुर्लभ जंगली जनावर र ताल तलैयाका फोटा राखिएका छन्। चीन र नेपालका रंगीन झन्डा टाँगिएका छन्। सगरमाथा, गौतम बुद्ध, पाटनको कृष्ण मन्दिर, पाटन दरबार, भक्तपुर दरबार, इलामको चिया बगान, रारा ताल, पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबार, काष्ठमण्डप, पाँचतले मन्दिर, मुक्तिनाथ, गोसाइँकुण्ड, मनकामना मन्दिर, केबलकारलगायत नेपालका वेशभूषा झल्काउने रंगीन ब्यानर, पोस्टर र चित्र सडकभरि राखिएका छन्।

तीनकुने पार्कमा रातारात कृत्रिम ढिस्को
करिब ५३ रोपनी क्षेत्रफल ओगटेको तीनकुने पार्कको वरिपरि रातारात कृत्रिम पहाड झल्को दिनेगरी ढिस्को बनाइएको छ। चारतिरै बिरुवा र फूल रोपेर हराभरा पारिएको छ। गत वर्ष भदौमा भएको बिमस्टेक सम्मेलनमा पनि यो पार्क यसैगरी छोपिएको थियो। पार्कको बाहिर हरियाली, सुन्दर र दुर्लभ तस्बिरसहितका फ्लेक्स÷ब्यानरले छोपिए पनि भित्री रूप भने हेर्न लायक छैन। सबैतिर झारैझार देखिन्छ। ठाउँठाउँमा निर्माण सामग्री छरपस्ट छन्। पाहुनाले देख्लान् भनेर लाज छोप्न पार्कवरिपरि कृत्रिम पहाड बनाइएको होे।

‘कृत्रिम सजावटले तीनकुने पार्क तीनपटक छोपियो तर यति पार्कलाई जीवन्तता दिने काम सरकारले गर्न सकेन,’ भक्तपुर कमलविनायकमा ईश्वर बस्नेतले भने, ‘यत्रो खर्च गर्नुभन्दा बरु स्थायी पार्क बनाएको भए राम्रा हुनेथियो।’ तीनकुने मात्रै होइन, काठमाडौं उपत्यकाका मुख्य रुट यसैगरी चिरिच्याट्ट पारिएका छन्। मुख्य–मुख्य सडकमा स्वागतद्वार बनाइएका छन्। सडक पेटीमा रङ लगाइएको छ। पाहुना सवारी हुने सडकका खाल्डा टालिएका छन्। नागरिकबाट ।