२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

छठ मनाउन सिंगारेर झकिझकाउ बनाइए घाट (फोटो फिचर)

छठ मनाउन सिंगारेर झकिझकाउ बनाइए घाट (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । सूर्यको उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठको मुख्य दिन बिहीबार परेको छ ।

बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिने र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

छठ मनाउन तराई मधेशका जिल्लामा मात्र होइन, काठमाडौं उपत्यकाका नदी, ताल, तलैया सिँगारेर झकिझकाउ पारिएको छ ।

छठ पर्व मनाउनका लागि झिलिमिली बत्तीसहितको झलरले नदी तथा तलाउ सिंगारिएको हो । पोखरीको सजावट हेर्न विदेशी पर्यटकको पनि घुइँचो लाग्ने गर्छ ।

छठका लागि बजारमा सामान किनमेल गर्नेहरूकाे समेत भीड छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित हटियामा छठ पूजाका लागि कलश, ढकनी, सरबीलगायत माटाकोका सामग्री किन्दै व्रतालु । छठ पर्वमा कुरबार, ढकनी, सरबी लगायतमा अर्घ (प्रसाद) चढाइन्छ । तस्बिरः सञ्जीतकुमार मण्डल /रासस

धनुषाको जनकपुरधामस्थित गंगासागर पोखरीमा लोकआस्थाको महापर्व छठका लागि जलाशयको सरसफाइ र पूजाका लागि घाट निर्माण कार्य अन्तिम चरणमा । दीपावली सकिए लगत्तै छठ पर्व सुरु हुने हुँदा मधेसमा घाट निर्माणलगायतका तयारीमा जुट्ने गर्छन् । तस्बिरः अजयकुमार साह / रासस

वीरगञ्जको घण्टाघर चोकस्थित बजारमा मङ्गलबार छठ पूजाका लागि पूजा समाग्री खरिद गर्दै । पूजाका लागि केही दिन अघिबाटै माटो तथा बाँसका सामग्री खरिद गर्नेको भीडभाड बढेको छ । तस्बिरः विजय कुमार महतो/रासस

सप्तरीको राजविराज–३ मा रहेका कल्टु पोखरीमा छठ पर्वका लागि तयारी गरिएको छठ घाट । तस्बिरः अरुण यादव/रासस

छठको तयारीका लागि सजाइएको सुनसरी जिल्लास्थित बुढी (गङ्गा जमूना) खोला आसपासको क्षेत्र । तस्बिर : गोपाल दाहाल / रासस

छठ पर्व मनाउनका लागि झिलिमिली बत्तीसहितको झलरले सिङ्गारिएको वीरगञ्जस्थित घडीअर्वा पोखरी । छठ पर्वका लागि निर्माण गरिएको पण्डाल तथा पोखरीको सजावट हेर्न विदेशी पर्यटकको पनि घुइँचो लाग्ने गर्छ । तस्बिरः हिमाल लम्साल/रासस

सप्तरीको राजविराजस्थित गजेन्द्रचोकमा बिक्री गर्न राखिएको केराको घरी छठ पर्वका लागि खरिद गर्दै सर्वसाधारण । यहाँ अहिले रु ७०० देखि रु एक हजारसम्ममा केराको घरी बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः अरुणकुमार यादव/रासस

सर्लाहीको बरहथवास्थित सोती खोला किनारमा छठघाट निर्माण हुँदै । तस्बिर: सिंगबहादुर थापा/रासस

सर्लाही सदरमुकाम मलङ्गवा–९ स्थित जनसागर बजारमा छठ पर्वका लागि केरा खरिद गर्दै ग्राहक । तस्बिरः विश्वनाथ ठाकुर/रासस