६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलदेखि सोल्टी होटेलसम्म सीको स्वागतमा कर्मचारी



अ+ अ-

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन् । दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो ।

उहाँले अतिविशिष्ट व्यक्तिको आगमनमा कर्मचारीले सधैँ स्वागत गर्ने बताउनुभयो । निजामती, विभिन्न संस्थान, सुरक्षाकर्मीलेसमेत सीको स्वागत गर्नेछन् । राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्नुहुनेछ । त्यहाँ जाने क्रममा उहाँलाई सडकमा उभिएर स्वागत गरिनेछ ।

यसैगरी उक्त रुटमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीको फोटो राखेर स्वागत गेट बनाइएको छ । सीको स्वागतका लागि विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथलीलगायतका ठाउँमा फूल र गमला राखिएको छ ।