अ
अ+
अ-
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त हुनुभएको छ।

नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ तथा नियमावली, २०७६ को परिच्छेद १२ अन्तर्गतको नियम ३३ बमोजिम डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो।
उहाँको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुनेछ। भक्तपुर निवासी डा. आचार्य नेपाली कांग्रेसको प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति रहिसक्नुभएको छ।
न्यूजपोलार
१९ असार २०८३, शुक्रबार १०:४९
न्यूजपोलार
१९ असार २०८३, शुक्रबार १०:४९
१९ असार २०८३, शुक्रबार १०:४९










