३१ भाद्र २०८३, बुधबार
,
Latest
काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

चितवन। इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आज उहाँकै कार्यकक्षमा आक्रमण भएको छ ।

कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो । दुवै जनालाई चितवन ल्याइँदै छ ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आज बिहान केही व्यक्तिले कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूमाथि सामूहिक रूपमा आक्रमण गरेको बताउनुभयो ।

घाइते बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उहाँका अनुसार घटनापछि कर्मचारीले दोषीलाई कारबाहीको माग गर्दै काम बन्द गरेका थिए । रासस