९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई



अ+ अ-

काठमाडाैँ । विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले सरकारले सुकुम्बासीहरुको तत्कालीन समस्या पनि सम्बोधन गर्न नसक्ने दाबी गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयहरुको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिने क्रममा उहाँले सरकारले विनियोजन गरेको बजेटले सुकुम्बासीहरुको तत्कालको समस्या पनि समाधान गर्न नसक्ने देखिएको स्पष्ट पार्नुभएको हो ।

सांसद राईले शिक्षा क्षेत्रमा समेत सरकारले गत वर्षको भन्दा पनि बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सरकारले विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेटले शिक्षा नीतिलाई सम्बोधन गर्नसक्ने अवस्था नरहेको जिकिर पनि गर्नुभयो ।

सांसद राईले वर्तमान सरकार विनाश गरेर आएको आरोप लगाउँदै उसले जनताको हाँसो र खुशीमा भन्दा पनि आँशुमा रमाउने गरेको बताउनु भयो ।