धनुषा । नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दिएका छन् ।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोजले आफूलाई स्वतन्त्र उम्मेदवार भनेपनि उनलाई विमलेन्द्र निधि र शेखर कोइराला समूहले समर्थन गरेको छ ।
यता, कृष्णा यादवलाई सभापति शेरबहादुर देउवा समूहको समर्थन छ । समाचार स्रोतका अनुसार उनलाई जिताउन गृहमन्त्री बालकृष्ण खाण हिजै जनकपुर गएका थिए ।