२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले न्युनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरु नियमित रुपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टिकरण दिनुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले विभिन्न जिल्लाका विमानस्थलहरु सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिने क्रममा मन्त्री पौडेलले न्युनतम यात्रु संख्या नभएका जिल्लाहरुको विमानस्थल संचालन गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि सरकारसँग जनशक्ति र उपकरणको अभाव नभएको दाबी समेत गर्नुभयो ।

मन्त्री पौडेलले सडकको सहज व्यवस्थाका कारण पनि हवाई यात्रुहरुको अभाव हुने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘विमानस्थल संचालनको मुख्य समस्या भनेको यात्रुको अभाव रही आएको छ नेपालमा । करिव टोटलमा ५५ वटा विमानस्थहरु छन् । जसमा ३४ वटा विमानस्थलहरु संचालन योग्य छन् । २१ वटा संचालन योग्य छैनन् । अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरुबाट आउने रिपोर्टंहरु मध्ये पहिलो रिर्पोटमा नै यात्रु संख्यामा अभाव देखाउने गरिएको छ । त्यसको मुख्य कारणको रुपमा चाहीँ बसाईसराईं हुनु र गाउँगाउँमा बाटोको उपलब्धतामा पनि बढ्दै जानु र सडक सुृविधा हवाई भन्दा अलि सस्तो पनि रहनु हो । त्यो कारणले यात्रु संख्या कम भएको हामीलाई जानकारी आईरहेको छ । ’

मन्त्री खनालले विमानस्थलमा नियमित उडान भर्नका लागि जनशक्ति र उपकरण पठाउने कुरामा कुनै कमी नहुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।