२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता



अ+ अ-

मकवानपुर, असार १६ गते । बागमती प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथिको छलफलभन्दा अघि बजेट प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

सो अवसरमा उहाँले फजुल खर्च कम गरेर भौतिक पूर्वाधार विकासमा जोड दिने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।

विगतका सरकारले प्रदेशका १३ जिल्लामा बहुवर्षीय र विभिन्न टुक्रे योजनासमेत गरी २४ हजारको हाराहारीमा पुर्‍याएका त्यसलाई हटाएर करिब १३ हजारमा सिमित गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री तामाङले प्रदेशको विभिन्न जिल्लामा स्थायी बसोबास गरेका विपन्न दलित समुदायका एक हजार परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर निर्माण गरी चालु आवभित्रै सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले बागमती प्रदेशमा मौजुदा मुख्यमन्त्री तथा अन्य मन्त्रालय गरी १४ वटा रहेकामा आगामी साउन महिना पहिलो हप्तादेखि मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर मुख्यमन्त्री सहित ८ वटा मन्त्रालयको संरचना राख्ने मन्त्रीपरिषद्ले निर्णय गरिसकेको जानकारी दिनुभयो ।

मन्त्री तामाङले सोही बैठकमा प्रदेश सरकारले आव २०८३र८४ को लागि ल्याइएको बजेट दलगत स्वार्थभन्दा माथि रहेर सबै वर्ग समुदायको लागि विभिन्न योजना सन्तुलित रूपमा कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।

प्रदेशसभाको उपसभामुख अप्सरा चपागाईंले यही असार १७ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेको जानकारी गराउनुभयो । रासस