९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले त्रिदेशीय सहकार्यको आधार निमार्ण

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले त्रिदेशीय सहकार्यको आधार निमार्ण
अ अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण त्रिदेशीय सहकार्यको आधार बनेको छ । उनी भारतको ममिल्लापुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता गरी नेपाल आएका थिए । भारत शब्द उल्लेख नगरी उनले नेपालले छिमेकसँगको सम्बन्धलाई विशेष ध्यान दिँदै रणनीतिक सहकार्यमा जोड दिनुपर्ने बताएका थिए ।

परराष्ट्रका उच्च अधिकारीका अनुसार चीनको यो शब्दावली नेपाल हेर्ने नीतिमा फेरिएको दृष्टिकोण हो । उसले नेपालसँग रणनीतिक सहकार्य थाल्दै अर्को छिमेकलाई जोड्नुले यसमा बढी चर्चा भएको थियो । भारतसँगको सहकार्यका विषयमा चीनले गरेको कुराकानी बाहिर आएको छैन । तर, अधिकतम कुराकानी सम्पर्क सञ्जालको आडमा रही यही विषयमा भएको ती अधिकारीको भनाइ छ । अधिकारीका अनुसार यो नेपालको हितमा छ ।

पश्चिमाको रणनीतिविरुद्ध त्रिदेशीय सहकार्य भारत र चीनका लागि आवश्यक रहेको जानकार बताउँछन् । संयुक्त वक्तव्यका अनुसार चीनले नेपालसँग आर्थिक सहकार्यका लागि हिमाल वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्न खोजेको देखिन्छ । नेपाललाई प्रवेशद्वार बनाई चीन दक्षिण एसियामा पस्न खोजेको संकेत यसबाट मिल्छ ।

चीनले भारतलाई रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक प्याक्ट (आरसीईपीं) अन्तर्गतमा सहकार्यको पहल गरेको अवस्थामा नेपाल पनि जोड्न खोज्नु स्वाभाविक रहेको परराष्ट्रका अधिकारीको भनाइ छ । आसियान प्लसको ब्लकमा चीन, भारत, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण कोरियासमेत छन् । चीनले स्वतन्त्र व्यापारको साझा अवधारणा ती मुलुकबीच खोजिरहेको छ । अमेरिकासँग व्यापार द्वन्द्व रहेको अवस्थामा सीले भारतलाई आफूनिकट बनाउने प्रयासअनुरूप यो पहल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले राजनीतिक सहकार्यमा जोड दिएको देखिएको छ । नेपालमा राजनीतिक स्थायित्व कायम हुँदा यस्ता सहकार्यमा सहज हुने चिनियाँ बुझाइ छ । सीले नेपालसँग साझेदारी गर्न तत्पर रहेको सन्देश दिँदै भारतसँग नेपालबारे छलफल भएको सुनाएका थिए । भारतीय प्रधानमन्त्रीसँग यो क्षेत्रमा सहकार्यको विषय उठाएको प्रसंग उनले उल्लेख गर्दै मोदीको शुभकामना रहेको बताएका थिए । यसबारे उनले नेपालको धारणासमेत मागेका थिए ।

चीनले प्राथमिकता दिएको विषय हो, चीन–भारत सहकार्य । त्यसमा नेपाल तानिएको छ । उनीहरूले नेपालबारे ममिल्लापुरममा छलफल गरेको र नेपाललाई सहयोग गर्दै जानुपर्ने विषय राखेको पनि देखिन्छ । भ्रमणको १४ बुँदे संयुक्त वक्तव्य र त्यसअघि भएका २० सम्झौता÷समझदारीमा भने त्यस्ता विषय देखिँदैनन् । छलफलमा भने यो प्रसंग उठेको परराष्ट्रका अधिकारीले बताए ।

‘हाम्रा राष्ट्राध्यक्षले किन भारतपछि नै नेपाल रोज्नुभयो रु यसबाट पनि अनुमान गर्नुहोस्’, सीको टोलीका एक सदस्यले भने, ‘चीन र भारतबीच भइरहेको शान्ति एवं विकासको साझेदारीमा नेपाललाई जोड्दै सहकार्यमा लैजाने चीनको प्रयास रहन्छ ।’ चीन–भारत सहकार्यमा नेपाल अर्थात् ‘टु प्लस वान’को विषयमा नेपाल उत्साही बनेको थियो । चीन–भारत सहकार्यको बीचमा रहेर नेपालले आफूलाई फाइदा हुने रणनीति लिनुपर्ने सुझाव सीले दिएका थिए ।

चीन नेपाललाई ‘प्लस वान’ भूमिकामा राख्न तयार रहेको उनको भनाइ थियो । भारतसँग यस विषयमा छलफल गर्न सुझाएको ती अधिकारीले बताए । पूर्वराजदूत डा. दिनेश भट्टराईले यसमा नेपाल असहमत हुनुपर्ने आफूले नदेखेको बताए । ‘यस्ता सहकार्यमा प्रवेश गर्दा दुवै मुलुकलाई विश्वासमा लिएर नेपाल अगाडि बढ्नुपर्छ भने कतिपय अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । नेपालले भुल्न नहुने अर्को पक्ष भनेको चीन आफ्नो अभियान लिएर हिमालमुन्तिर झरिसकेको छ’, उनले भने, ‘यो अभियान सार्क मुलुक हुँदै मध्यपूर्वसम्म जान सक्छ । यसमा नेपालले आफूलाई केन्द्रमा राख्न सक्नुपर्छ ।’

चीन र भारतबीच कायम हुने स्थायित्वले शान्ति र विकासमा भूमिका खेल्ने उनले बताए । नेपालले सजगता भने अपनाउन आवश्यक रहेको उनको भनाइ छ । चीनको छिमेकमध्ये सबैभन्दा सहज र शान्त नेपाल रहेकाले सीले पारम्परिक सम्बन्धलाई राजनीतिक तहबाट अगाडि बढाउन प्रयास गरेको देखिन्छ । आशा गरेअनुरूपको सहयोग घोषणा चिनियाँ राष्ट्रपतिले नगरे पनि सम्बन्धलाई उच्च तहबाट रिफ्रेस (पुनर्ताजगी) गरेको राजनीतिशास्त्री एवं विश्लेषक हरि शर्माको ठम्याइ छ ।

उनका अनुसार सीको भ्रमणले छिमेकमा नेपालसामु अवसरसँगै चुनौती थपेको छ । यसलाई नेतृत्वले कसरी उपयोग गर्छन् भन्ने हेर्न बाँकी रहेको उनको भनाइ छ । ‘भूपरिवेष्ठितबाट भूजडित त भनियो तर त्यसको आधारमा नेपालले कति काम कसरी अघि बढाउँछ भन्ने महŒवपूर्ण रहन्छ’, उनले भने, । चीनतर्फ हाम्रो अझै व्यवस्थित सडक छैन । तर, केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने र त्यसलाई निर्माण चरणमा लैजाने विषयमा भएका प्रतिबद्धताले चीनले नेपाल मात्र होइन, भारतीय बजारसमेत नियालेको प्रस्टिन्छ ।

चीन तातोपानीभन्दा केरुङतर्फ बढी उत्साहित हो कि भन्ने संकेत मात्र होइन, त्यो रणनीतिक साझेदारीको सञ्जाल विस्तारको राजनीतिक सन्देश नै हो । सी भ्रमणले राजनीतिक सन्देश दिए पनि सहमतिको ‘ठोस माइन्युट’ नपढी के भएको भन्न नसकिने प्राध्यापक श्रीधर खत्रीको भनाइ छ । उनका अनुसार संयुक्त वक्तव्य र सम्झौताले अधिक विषयमा संकेत गरेको छ । वास्तविक सहकार्य के हो त्यो पाटो केलाउन बाँकी रहेको उनको धारणा छ ।

रणनीतिक साझेदारीको अर्थ र सीमा के हो ? सुरक्षा सहकार्यले कुन विषय जोड गरेको भन्नेलगायत विषय केलाउनुपर्ने उनले बताए । ‘भ्रमणको बाहिरी पाटो राम्रै देखिएको छ’, उनले भने, ‘भित्री पाटो अध्ययनपछि भन्न सक्छु । मुख्य विषय सहकार्य कुन ढंगबाट भन्ने हो ।’ सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यो भ्रमण हरेक दृष्टिले सफल रहेको बताएका छन् । भारतमा नेपालबारे कुरा भएको बुझ्न सकिने तर औपचारिक छलफलमा त्यो प्रस्ट नभनिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीसँग भएको छलफलमा त्यसबारे बताइएको भए त्यसको जानकारी आउने उनले बताए । ‘बाहिर भन्नै नमिल्ने कुराकानी भएको छैन’, उनले भने । चीनतर्फ नेपालबाट २ अर्ब १० करोड रुपैयाँको सामान निर्यात भएको थियो । आयात भने २ खर्ब ५ अर्ब ५१ करोडको थियो । यो घाटा घटाउन नेपालको उत्पादनमूलक क्षेत्रमा चीनको लगानीबारे र शून्य भन्सारदरमा खासै छलफल गर्न सकेको देखिँदैन । व्यापारिक र औगोगिक विषयमा संयुक्त कार्यदल बनाएर काम गर्ने विषयले आशा भने जगाएको देखिन्छ ।

चीनले नेपालका तीन उत्तर–दक्षिण करिडोर, कोसी गण्डकी र कर्णाली इकोनोमिक करिडोरका लागि पुरानो प्रतिबद्धतालाई सम्भाव्यता अध्ययनमा लैजाने विषय सकारात्मक रहेको जानकार बताउँछन् । त्यही आधार पनि त्रिदेशीय सहकार्यको एक पाटोका रुपमा लिन सकिने उनीहरूको भनाइ छ । ‘नेपाल–भारत–चीन भने पनि नभने पनि सहकार्य हुने त्रिदेशीय नै हो’, एक अधिकारीले भने, ‘यसमा नेपालले कस्तो भूमिका निर्वाह गर्ने भन्ने नेतृत्वमा निर्भर रहन्छ ।’ अन्नपुर्णपोष्ट दैनिकबाट