९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

मुलुकको विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखियो

मुलुकको विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखियो
अ अ+ अ-

काठमाडौँ । मुलुकको विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखिएको एक अध्ययनले देखाएको छ । इटेको–होमल्यान्ड–नर्थ स्टार (जेभी) परामर्शदाता कम्पनीद्वारा गरिएको पूर्व सम्भाव्यता अध्ययन (प्रि–फिजिविलिटी स्टडी)ले पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने पहाड, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोट, दोलखा जिल्लाको लामाबगर, मध्यपहाडी राजमार्गअन्तर्गतको पोखरा–बागलुङ खण्डको हेम्जा तथा मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्ग आवश्यक र निर्माण सम्भव रहेको देखाएको छ ।

सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख शिवप्रसाद नेपालले परामर्शदाता कम्पनीले बुझाएको अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार ती ठाउँमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको जानकारी दिए । उनले भने, “ट्राफिक चाप बढी देखिएकाले दाउन्ने, खुर्कोट र हेम्जामा, कम समय र दूरीमा मकवानपुरलाई काठमाडौँसँग जोड्नका लागि भीमफेदी–कुलेखानी खण्ड, तामाकोसीमा अरू पनि हाइड्रोपावरको सम्भावना देखिएकाले दोलखाको लामाबगरमा सुरुङमार्ग निर्माणका लागि प्रस्ताव ल्याई प्रारम्भिक अध्ययन गरिएको हो ।”

यातायातका साथै मुख्य रूपमा त्यहाँको हाइड्रोपावरको विकासका लागि लामाबगरमा सुरुङमार्ग प्रस्ताव गरिएको उनले स्पष्ट पारे । प्रस्तावित तीे सुरुङमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि २०७४ कात्तिक २४ गते सडक विभाग र इटेको–होमल्यान्ड–नर्थ स्टारबीच सम्झौता भएको थियो । सम्झौता अनुसार २०७५ भदौ २३ गतेभित्र पूर्व सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन बुझाइसक्नुपर्ने थियो तर सम्झौता अनुसारको निर्धारित समय बितिसक्दा पनि अध्ययन गरेका परामर्शदाता कम्पनीहरूले अहिलेसम्म अध्ययनको अन्तिम प्रतिवेदन बुझाउन सकेको छैन ।

कम्पनीले अहिलेसम्म अध्ययनको प्रारम्भिक प्रतिवेदन मात्र बुझाएको छ । पूर्व सम्भाव्यता अध्ययनबाट सम्भावित ती सुरुङमार्गको विस्तृत अध्ययन गर्दा कुन कुन परीक्षण गर्नुपर्छ, थप सम्भावना कहाँ कहाँ छन्, वैकल्पिक सुरुङमार्गका बिन्दु कहाँ कहाँ हुन सक्छन् जस्ता विषय स्पष्ट हुन मद्दत पुग्ने उनले बताए । “यो प्राविधिक अध्ययन मात्र हो, आर्थिक अध्ययन होइन”, उनले स्पष्ट पारे ।

त्यसैगरी, सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकमार्गमा पर्ने सिद्धबाबा ठाउँमा समेत सुरुङमार्ग निर्माणको विषयमा छलफल भइरहेको जानकारी उनले दिए । यो ठाउँमा हरेक साल पहिरो गएर बाटो अवरुद्ध हुने गर्दछ । ‘‘सुरुङमार्ग निर्माण गर्नुभन्दा पहिले त्यसको आर्थिक सम्भाव्यता हेर्नुपर्छ । टनेल निर्माणमा ठूलो लगानी लाग्ने गर्दछ, लगानीले प्रतिफल पनि दिनुप¥यो भन्ने कुरातर्फ पनि ध्यान दिनु आवश्यक छ”, प्रमुख नेपालले भने ।

सडकभन्दा सयौँ गुणा महँगो
सुरुङमार्ग निर्माण सडक निर्माणभन्दा करिब सयौँ गुणा महँगो हुने गरेको उनले बताए । उनले भने, “एक किलोमिमटर सुरुङमार्ग बनाउन झन्डै ६÷७ अर्ब रुपियाँ लाग्ने गर्दछ जबकि एक किलोमिमटर सडक बनाउन (पहाडी क्षेत्रमा) ६÷७ करोड रुपियाँ भए पुग्छ । जुन सडक निर्माणको तुलनामा धेरै गुणा महँगो हो ।”

सुरुङमार्ग निर्माणका लागि यसको आर्थिक सम्भाव्यतासमेत हेर्नुपर्ने बताउँदै उनले सुरुङमार्गले दूरी कति घटाउँछ र यसमा दैनिक कति गाडी गुड्छन त्यसकोे लेखाजोखापछि मात्र टनेल निर्माणको उपयोगितालाई पुष्टि गर्न सकिन्छ, उनले स्पष्ट पारे ।

आर्थिक अध्ययन भएको छैन
नेपालमा सुरुङमार्ग निर्माणका लागि अहिलेसम्म आर्थिक सम्भाव्यता अध्ययन हुन नसकेको उनले बताए । आर्थिक सम्भाव्यता नभएसम्म कति वर्षमा त्यसको रिटर्न आउन सक्छ भन्ने कुरा स्पष्ट हुन नसक्ने तर्क थियो ।

२०७६/७७ को बजेटमा सुरुङमार्ग
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उत्तर र दक्षिण सीमा जोड्ने सबैभन्दा छोटो रसुवागढी–गल्छी–ठोरी मार्गको बेत्रावती–स्याफ्रुबेँसी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ । त्यसैगरी, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण सुरु गर्न र टोखा–छहरे–गुर्जेभञ्ज्याङ, खुर्कोट–चियाबारी,बीपीनगर–खुटिया–दीपायल खण्ड, गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर–उत्तरी सीमा सडकमा सुरुङमार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । गोरखापत्र दैनिकबाट