९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

आलम पक्राउ विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताले गर्यो प्रदर्शन

आलम पक्राउ  विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताले गर्यो प्रदर्शन
अ अ+ अ-

रौतहट । आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताले सोमबार जिल्लाभरि नै प्रदर्शन गरेका छन्। उनीहरुले रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन। चन्द्रनिगाहपुर, बीर्ता, गौरलगायतका शहरीक्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ताले सडकमा टायर बालेर प्रर्दशन गरेका हुन्।गत आइतबार रौतहट क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमलाई १२ वर्षअघि बम विस्फोटमा दुई जनाको हत्या भएको आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिनिधि सभा सदस्य आलम निलम्बन भइसकेका छन् भने उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन। पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो दिन ०६४ साल चैत्र २७ गते आलमका काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो। सो बम विस्फोटमा परी २२ वर्षीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको दाबीसहितको किटानी जाहेरीको आधारमा प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम पक्राउ परेका हुन।

बम विस्फोटमा परी घाइते भएकालाई इटाभट्टामा जलाएर मारेको आरोप रहेको छ। घटनामा मृत्यु भएका त्रिलोकप्रताप (पिन्टु) का बुबा यमुनामाई गाउँपालिका ४ सरुअठाका श्रीनारायण सिंहसमेतले हुलाकबाट दिएको किटानी जाहेरीमा आलमसहित शेख भैदई, शेख मोविन आलम, शेख सराजलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न उल्लेख थियो। घटनालाई भने मोहम्मद अफताब आलमले अस्वीकार गर्दै आएका थिए।

पीडितको जाहेरीलाई जिल्ला सरकारी वकिलको कार्यालय, पुनरावेदन सरकारी वकिलको कार्यालय, हेटौंडा हुँदै महान्यायधिवक्ताको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो। हान्यायधिवक्ताको कार्यालयको विपक्षमा पीडितपक्ष सर्वोच्च अदालत पुगेपछि तत्कालीन न्यायाधीश शुसिला कार्की र भरत कार्कीको इजलासले सो घटना लाई अनुसन्धान गर्न आदेश जारी गरेपछि प्रतिनिधि सभा सदस्य आलम बाह्र वर्षपछि पक्राउ परेका हुन।

यसैबीच आलम पक्राउ परेपछि रौतहटको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ। शान्ति सुरक्षा बिग्रन नदिन भन्दै बाक्लोरूपमा प्रहरी खटिएका हुन। बाह्र वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय रौतहटमा १६ जना प्रहरी उपरीक्षकले जिम्मेवारी सम्हालेपनि उनीहरूले सर्वोच्च अदालतको आदेश कार्यान्वन गर्न नसकेको भन्दै स्थानीयले उनीहरूको आलोचना गरेका छन्। नेपाल समाचारपत्र दैनिकबाट