२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा प्राविधिक कुटिए



अ+ अ-

काठमाडौं । भोजपुर–मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ । शाहको टाउकोमा गम्भीर चोट पुगेको छ । अनुसन्धानका लागि छ जना कामदारलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटीलाई प्रहरीले अनुसन्धानका लागि रेखदेखमा लिएको छ । घटनाको दुवै तर्फबाट यथार्थ विवरण लिएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

कार्यक्षेत्रमा हुने घटनाले सुरक्षा चुनौती बढेको भन्दै पूर्वाधार विकास कार्यालय भोजपुरले संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ ।