१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ६३ अङ्कले ओरालो लागेर दुई हजार ६०८ दशमलव ३३ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर ४५२ दशमलव ७९ अङ्कमा सीमित भएको छ । कूल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर रु तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ ।

टक्सार पिखुवा खोला हाइड्रोपावर, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, याम्बलिङ हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार स्नो रिभर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, स्ट्याण्र्डड चार्टड बैंकको डिवेञ्चर र सिर्जनशील लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, श्रीनगर एग्रीटेक र पियोर इनर्जीका लगानीकर्ताले भने गुमाएका छन् ।