१६ असार २०८३, मंगलवार
,
Latest
लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो



अ+ अ-

काठमाडाैँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु चार हजार ५०० ले गिरावट आएको छ भने चाँदी रु २५ ले गिरावट आएको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ निर्धारण भएको छ । सोमबार एक तोला सुनको मूल्य रु दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो ।

एक तोला चाँदीको मूल्य रु चार हजार ३१० मा कारोबार भएको थियो । त्यस्तै, आइतबार एक तोला सुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२५ मा खरिद बिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।