१५ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले कान्ति लोकपथ अवरुद्ध



अ+ अ-

काठमाडाैँ । हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेकोे छ ।

उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारीसाधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।