१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा मेरो उपस्थितिले केपी ओलीको सातो गयोः माधव नेपाल



अ+ अ-

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् । 

मंगलबार पोखरामा आयोजित नेकपा समाजवादीको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो उपस्थितिले ओलीको सातो जाने गरेको बताएका हुन् ।

 ‘म संसद् चलेको बेला बाहिर आएँ, अहिले म बाहिर भएको मौकामा केपी ओली संसद् छिर्न बेर छैन, कमसेकम मेरो उपस्थितिले केपीको सातो गैरा छ नि,’ उनले भने, ‘उसले हामीलाई शत्रु घोषणा गरेको छ, हाम्रो अनुहार पनि हेर्दिन भन्या छ, कस्तो सन्जोग कांग्रेस महाधिवेशनमा अनुहार हेर्दै जानुपरेछ ।

यस्तै, नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् । उनले भने,“ सभामुखज्यू तपाई एक्लो हुनुहुन्न, तपाईको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।” 

तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको उनले स्पष्ट पारे । 

नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने उनको भनाई छ । 

उनले भने, “भिन्न चरित्रको पार्टी बनाउने, क्रान्तिकारी चरित्र, सुसंस्कार बोकेको, आदर्शप्रति प्रतिबद्ध, निष्ठाको राजनीति गर्ने जनताको सेवाको भावनाबाट उत्प्रेरित पार्टी बनाउनका लागिनै आफैले यसअघि बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको हो ।”