२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी



अ+ अ-

काठमाडौँ । ललितपुर जिल्लाको जावलाखेल मैदानमा चारदिने १३औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०७६ को आयोजना हुन लागेको छ ।

नेपालमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विसं २०५३ देखि शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गर्न लागेको सो मेला कात्तिक १ देखि ४ सम्म सञ्चालन हुने भएको छ । मेलाको उद्देश्य पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउनु रहेको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानका साथ शुरु हुन गइरहेको सो प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित गरी कूल ४९ कक्ष रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

नजिक आइरहेको तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना हुन लागेको सो प्रतिस्पर्धात्मक प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा फूलका बिरुवाको प्रदर्शनी तथा बिक्री वितरण गरिने भएको छ । गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने भएको छ ।

प्रतिस्पर्धामा बाहिर देशबाट माउबोटका रुपमा आयात गरी उत्पादन बिस्तार गरिएका करीब १६ नयाँ प्रजातिको गोदावरी फूलकोसमेत प्रदर्शनीमा समावेश गरिने भएको छ । मेलामा रु ५० लाखको कारोवार हुने अनुमान गरिएको छ । नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु २० करोडको फूल आयात गरेको थियो । गत वर्ष तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएका थिए । फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ ।

विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५÷०७६ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । करीब ८०० फूल व्यवसायी अगाडि बढेका छन् । लगभग तीन हजार १४० रोपनीमा पुष्पखेती भएको छ भने यसबाट ४३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।