काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका पाँच जना आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आरोपितहरूसँग ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी माग गर्ने आदेश दिएको हो।
आदेशअनुसार तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
यस्तै, कर्मचारीहरू सोमेश थापा र विपिन प्रसाईसँग जनही ३ लाख रुपैयाँ तथा ठेकेदार पक्षका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ।
यसैगरी, आरोपित तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।











