५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति



अ+ अ-

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार अपराह्न पौडेललाई म्याद थपका लागि विशेष अदालत, काठमाडौंमा उपस्थित गराइएको थियो। अनुसन्धान जारी रहेकाले थप हिरासत आवश्यक रहेको भन्दै प्रहरीले म्याद थपको माग गरेको थियो।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसबेला विशेष अदालतले असार ८ गतेदेखि लागू हुने गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसअघि अदालतले दिएको सात दिनको म्याद असार १४ गते सकिएपछि अनुसन्धानलाई निरन्तरता दिन प्रहरीले पुनः म्याद थपको माग गरेको थियो। सोही अनुरूप विशेष अदालतले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।