२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीको भ्रमण ऐतिहासिक र फलदायी : मन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र फलदायी भएको बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उहाँले सीको भ्रमणले मुलुकको विकास सम्भावनाको ढोकासमेत खुलेको बताउनुभयो ।

“सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धि हासिल भएको छ”, उहाँले भन्नुभयो, “अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन्, यसबाट अबका केही वर्षभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयामिक सामाजिक–आर्थिक रूपान्तरणलाई अघि बढाउनेछ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सीको भ्रमणले नेपालभित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएकोसमेत धारणा राख्नुभयो । “यो भ्रमणलाई आम नागरिक, सबै राजनीतिक दल र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको छ”, उहाँले भन्नुभयो, “भ्रमणले नेपाल र चीनबीचको विकास निर्माणका योजनामा, सुख र समृद्धिका अभियानमा हामी साथै रहन्छौँ भन्ने सन्देश दिएको छ ।”

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल भूपरिवेष्ठितबाट भूजडित राष्ट्रको रूपमा लैजाने योजनामा चीनका राष्ट्रपतिले हौसला प्रदान गरेको बताउनुभयो । चीन र दक्षिण एशियासित अब हिमालयमा मानवीय पुल मात्र नभई भौतिक पुलसमेत स्थापित हुनु सुखद पक्ष रहेको उहाँको भनाइ थियो ।