१५ असार २०८३, सोमबार
,
Latest
पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी



अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन लागत घटाउन प्रविधिमैत्री एवं यान्त्रिकीकरणमा जोड दिइने बताउनुभएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा कृषि ज्ञान केन्द्रले आज आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उहाँले नेपालको पूर्वी क्षेत्र मुलुककै कृषि उत्पादनका हिसाबले अग्रणी रहेको धारणा राख्नुभयो ।

देशको प्रमुख अन्नबालीका रूपमा रहेको धान बाली प्रवद्र्धनका लागि जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्र्ने योजना र कार्यक्रम ल्याइने बताउदै प्रदेश मन्त्री मंसुरीले किसानलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष बैङ्क कर्जा र ब्याजअनुदानको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रहरी उपरीक्षक केशवकुमार थेबे, जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर अजादलगायतको सहभागिता रहेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो ।