२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानको समस्या समाधान गनै सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । किसानलाई गुणस्तरीय बीउ, मल, सिंचाई, कृषि बीमा, राहत तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

नेपालमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक रहेपनि करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सकेमा उत्पादन वृद्धि हुने बताए । किसानले आफ्नो उत्पादनको उचित मुल्य नपाएको उनले उल्लेख गरे ।

सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६५ रुपैयाँ तोके पनि किसानले सो मूल्य नपाएको उनको भनाइ छ । उनले निजी क्षेत्र, मिल उद्योग तथा औद्योगिक क्षेत्रलाई किसानको उत्पादन समर्थन मूल्यमा खरिद गर्ने व्यवस्था गर्न सरकारसंग आग्रह गरे । समर्थन मूल्य व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । सभापति चौधरीले कृषि आधुनिकीकरण, कृषि बीमा, राहत तथा प्रविधिमैत्री कृषि प्रणाली विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, “सरकारले किसानहरूको वास्तविक समस्या पहिचान गरी समाधानतर्फ पनि काम गर्नुपर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ । आजको यो महत्वपूर्ण दिनमा उहाँहरूको समस्यालाई पहिचान गर्न सकियो भने हामीले अहिले ६० लाख मेट्रिक टन धान उत्पादन गर्छौँ, हामीलाई चाहिने ७० लाख मेट्रिक टन हो, नेपाललाई चाहिने धान यही उत्पादन गर्न सकिन्छ । गुणस्तरीय बिउ बिजन, मलमा सहजता, सिँचाईको विस्तार उत्पादनको उचित मूल्य लगायतको कुरामा नेपाल सरकारले ध्यान दिनुपर्छ । नेपाल सरकारले धानको मूल्य, समर्थन मूल्य तोकेको छ । तथापि जुन खालको मूल्य तोकिएको छ, त्यो मूल्यमा धान खरिद भएको छैन । २८६५ रुपैयाँ मेट्रिक टन समर्थन मूल्य रहेको छ तर बजारमा किसानहरूले सस्तोमा बेच्न बाध्य बनेका छन्, त्यो व्यवहारमा अझै पनि लागू भएको छैन । कृषकहरूको उत्पादन गरेका कृषि उपजलाई खरिद गर्दिनुपर्छ ।”

उनले कृषकहरु उत्पादन गर्ने उत्पादक मात्र नभई देशको मेरुदण्ड रहेको बताए ।