९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य

पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य
अ अ+ अ-

काठमाडौं । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो।

समितिले पशुपति भण्डार तहबिल कार्यालयलाई ‘भक्तजनले चढाएको सुन र चाँदीको सम्पूर्ण विवरण समावेश भएको छ, छैन ? नभएको भए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाएको सुन र चाँदीसमेत खुल्ने गरी’ जानकारी दिन पत्राचार गरेको थियो। प्रतिवेदन आउनुअघि कोषसँग न आफ्नो जग्गाबारे कुनै प्रामाणिक अभिलेख थियो न त सुनचाँदीबारे नै। ‘पशुपतिनाथको नाममा रहेका चलअचल सम्पत्ति सार्वजनिक गरेरै छोड्छौं। गम्भीर छानबिन र विशेष ताकेतापछि करिब ४५ किलो ६३६ ग्राम सुन रहेको तथ्य फेला पारेका हौं’, समिति संयोजक एवं कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले भने।

अघिल्लो प्रतिवेदनअनुसार पशुपतिनाथमा ५६ वर्षको अवधिमा जम्मा ९ किलो २७६।६४ ग्राम सुन देखिएको थियो। कोषमा २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण पनि अभिलेखमा थिएन। २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ सालको पनि सुनको अभिलेख भेटिएको छैन। ‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले भने, ‘सुन ढुकुटीमा नराखी गायब बनाइएको हुन सक्छ।’ यही शंकाका आधारमा खोजी गर्दा करिब ४५ किलो सुन फेला परेको डा। थापाले बताए।

तत्कालीन राजा महेन्द्रले ३५० तोला, त्रिभुवनले ३०० तोला, बमबहादुर राणाले १०७ तोला, वीर शमशेरले १०२ तोला सुन चढाएको देखिएको छ। यसअघि प्रतिवेदनमा ३ सय १६ किलो ५८६ ग्राम चाँदी पशुपतिमा चढाइएको तथ्यांक पाइएको थियो। उनका अनुसार, अहिले १३ सय २५ किलो ९२७ ग्राम चाँदी रहेको पाइएको छ। करिब एक हजार किलो चाँदी थप फेला परेको हो। यसबाहेक मुकुट आदिमा हिरा, मुगा र माणिकसमेत जडित भएको पाइएको छ।

चढाइएका सुन र चाँदी मूल ढुकुटीमा राख्ने गरिन्छ। सर्वोच्च अदालतको २०६६ पुस २७ को परमादेशका कारण मूलढुकुटी खोलेर हेर्न मिल्दैन। ढुकुटीभित्रका चलअचल सम्पत्तिबारे कोष पूर्णरूपमा अनभिज्ञ छ। भित्र राखिने चलअचल सम्पत्तिबारे कोषसँग पूर्ण अभिलेखसमेत थिएन।पछिल्लो अभिलेखअनुसार राणा प्रधानमन्त्री वीर शमशेर, चन्द्र शमशेर, देव शमशेर, जुद्ध शमशेर, भीम शमशेर र तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले सुन चढाएको तथ्य फेला परेको छ।

महेन्द्रले ३५० तोला, त्रिभुवनले ३०० तोला, वीर शमशेरले १०२ तोला, बमबहादुर राणाले १०७ तोला सुन चढाएको देखिन्छ। विगतमा पशुपतिनाथको वार्षिक आम्दानीबाट सुन किन्ने तर अभिलेख नराख्ने प्रवृत्तिले सुनको यथार्थ अवस्था थाहा पाउन समस्या भएको संस्कृतिविद्को भनाइ छ।

विगतमा बाला चतुदर्शीका दिन वर्षभरको भेटीघाटीबाट सुन किन्ने चलन थियो। समिति संयोजक थापाले छानविन समितिले एक वर्ष लगाएर गरेको अध्ययन कम्तिमा पाँच वर्ष काम गर्न पाएको भएमात्र पूर्ण हुने बताए। उनले भने, ‘२०६८ सालमा ऐन र नियमावली बन्नुअघि सुन र सम्पत्ति जति दाखिला भएको छ त्यो पूर्ण छैन। हामी अझै सुनचाँदी र जग्गाबारे सुक्ष्म छानबिन गरिरहेका छौं।’

भेटी गन्न सीसीटिभीपशुपतिनाथ मन्दिरमा चढाइने दैनिक भेटी बैंकका कर्मचारीसमेत बसेर गणना गरी सोही दिन बैंकमा दाखिला सुरु गरिएको छ। हरेक दिन साँझ कोषका कर्मचारी र सुरक्षाकर्मी बसेर गणना गर्दै आएकोमा सोमबारदेखि नेपाल इन्भेस्टमेन्ट बैंकका कर्मचारीसमेत गणनामा सहभागी भएका छन्। यस सम्बन्धमा कोषका सदस्यसचिव डा। प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारीअधिकृत ज्योतिप्रकाश पाण्डेबीच हस्ताक्षर भएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए। ‘चाँडै यो गणनाको सीसीटिभीमार्फत भक्तजनले पनि प्रत्यक्ष हेर्न पाउनेछन्’, उनले भने। अन्नपुर्णपोष्ट दैनिकबाट