१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास सिलिण्डर चुहावट भई आगलागीबाट



अ+ अ-

सर्लाही । ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलागीबाट सुन आधा तोला, चाँदी ४० तोला, मोबाइल दुई थान, पासपोर्ट एक थान, लत्ताकपडा, फर्निचर, अन्नपात र नगद रु २५ हजार गरी रु तीन लाख २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा ७ः३० बजे आगो नियन्त्रणमा आएको थियो ।