• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

ग्यास सिलिण्डर चुहावट भई आगलागीबाट



सर्लाही । ईश्वरपुर नगरपालिका–१ शङ्करगञ्जमा मङ्गलबार साँझ खाना बनाउने क्रममा घरमा आगलागी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । साँझ ७ः०० बजेको समयमा खाना बनाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई स्थानीय अशोक सिंहको काठले बनेको दुईतले घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलागीबाट सुन आधा तोला, चाँदी ४० तोला, मोबाइल दुई थान, पासपोर्ट एक थान, लत्ताकपडा, फर्निचर, अन्नपात र नगद रु २५ हजार गरी रु तीन लाख २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा ७ः३० बजे आगो नियन्त्रणमा आएको थियो ।